नेपाल बैंकले काठमाडौंका सामुदायिक विद्यालयका शिक्षक, कर्मचारीलाई बैंकिङ सेवामा छुट दिने

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र काठमाडौं महानगरपालिका बीच बैंकिङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

महानगरपालिकाकोे कार्यालयमा आयोजित एक समारोहमा भएको सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय र महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप परियारले हस्ताक्षर गरेका छन् । सो सम्झौता बमोजिम महानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयलाई बैंकले विशेष छुटसहितको बैंकिङ सेवा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको हो ।

सामुदायिक विद्यालयमा कार्यरत सम्पूर्ण स्थायी, करार, आंशिक तथा ज्यालादारी, प्राविधिक शिक्षक तथा कर्मचारीले नेपाल बैंकको सबै शाखाबाट छुटसहित आकर्षक बैंकिङ सेवा सुविधा पाउने गरी तलबी बचत खाता खोल्न सक्नुका साथै नियमानुसार बैंकले प्रदान गर्ने कर्जा तथा अन्य बैंकिङ सुविधा पाउन सक्नेछन् ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.