नेपाल बैंक र नेपाल प्रहरी प्रधान कार्यालय बीच सम्झौता

काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेड र नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखा बीच बैंकिङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

प्रहरी प्रधान कार्यालयमा भएको सम्झौतामा नेपाल बैंकका प्रमुख वित्त अधिकृत प्रकाशकुमार अधिकारी र प्रहरी प्रधान कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक रेवती ढकालले हस्ताक्षर गरेका छन् ।

सो सम्झौता बमोजिम नेपाल प्रहरी अन्तर्गतका विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले सहुलियत सहितको विभिन्न सुबिधा रहने तलबी खाता खोलि बैंक नियमानूसार बिनाधितो कर्जा तथा अन्य बैकिङ सुबिधा पाउन सक्नेछन् ।

 

You might also like

Comments are closed.