नेपाल बैंकका ग्राहकलाई दराजमा सामान खरिद गर्दा छुट

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र अनलाइन ई कमर्स प्लेटफर्म दराज केयमु प्रालि बीच सम्झौता भएको छ ।

बैंकमा निक्षेप खाता रहेका ग्राहकलाई दराजको अनलाईन पोर्टलमार्फत सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ । नेपाल बैंकले आफ्ना ग्राहकलाई छुट प्रदान गर्न इ–कमर्स प्लेटफर्मसंग साझेदारीलाई निरन्तरता दिएको छ ।

jutta mela

बैंकका निक्षेपकर्ताले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यममार्फत अग्रिम भुक्तानीमा १० प्रतिशत वा अधिकतम रु १५ सयसम्म छुट हुने र क्रेडिट कार्डको माध्यममार्फत अग्रिम भुक्तानीमा १५ प्रतिशत वा अधिकतम रु २ हजार बराबरकोे छुट प्राप्त गर्न सकिनेछ ।

छुट प्राप्त गर्नको लागि नेपाल बैंकको शाखामा सम्र्पक गरी ग्राहकले आफ्नो कार्डमा इ–कमर्स सबिय गर्नुपर्ने भएकाले बैंकले ग्राहकलाई आफ्नो कार्डमा इ–कमर्स सबिय गर्न डेबिट कार्ड र क्रेडिट कार्डको लागि आवेदन दिन समेत आग्रह गरेको छ । यस योजना असोज ११ गते देखि २१ गतेसम्म लागू हुनेछ ।

You might also like

Comments are closed.