नेपाल बैंकले मनायो ८८ औं वार्षिकोत्सव

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ८८औं वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ ।

स्थापनाको ८७ औं वर्ष पुरा गरी ८८ औं वर्षमा प्रवेश गरेको अवसरमा प्रधान कार्यालयको प्राङ्गणमा एक कार्यक्रम गरी वार्षिकोत्सव मनाएको छ । बैंक सञ्चालक समिति अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीको अध्यक्षतामा भएको वार्षिकोत्सव समारोहका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी रहेका हुन् ।

नेपालभर २२९ शाखाहरु, २०५ एटिएम मेसिन साथै ६० वटा एक्टेन्सन काउन्टरमार्फत करिब २५ लाख भन्दा बढी ग्राहकलाई वित्तीय सेवा पुर्याइरहेको छ । यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत बैंकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिष्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

करिव ९ लाख भन्दा बढी ग्राहकहरुले डिजिटल प्रविधिमार्फत् बैंकिङ सेवा लिई लाभान्वित भएका छन् । विगत केही वर्ष यता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्तिमार्फत नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

lcci
You might also like

Comments are closed.