काठमाडौं । नेपाल बैंक लिमिटेड र सुनैना हस्पिटल प्रालि बीच सम्झौता भएको छ । बैंकका ग्राहक र कर्मचारीलाई जनकपुरधाम–०४, कदम चौकमा रहेको सुनैना हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट दिने सम्बन्धमा सम्झौता गरिएको छ ।
सो सम्झौता बमोजिम बैंकमा कार्यरत कर्मचारीलाई र खाता रहेका ग्राहकलाई अस्पतालको स्वास्थ्य सम्बन्धी विविध सेवामा लाग्ने शुल्कमा बिल रकमको १० प्रतिशत देखि १५ प्रतिशतसम्म छुट हुनेछ ।
साथै विभिन्न सेवामा लाग्ने परामर्श शुल्कमा १०० प्रतिशत छुट हुने व्यवस्था समेत गरिएको छ । यसबाट बैंकमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकले अस्पतालबाट प्रदान गरिने विभिन्न स्वास्थ्य सेवाबाट लाभान्वित हुन सक्नेछन् ।
Comments are closed.