काठमाडौं । नेपाल बैंक लिमिटेडका ग्राहक र कर्मचारीले नेचुरल आईभिएफ प्रालिमा छुट पाउने भएका छन् । नेचुरल आईभिएफका विभिन्न स्थानमा रहेका अस्पताल र क्लिनिकमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा एक समझदारी गरिएको छ ।
सम्झौता बमोजिम अस्पतालको विविध सेवामा लाग्ने शुल्कमा नेपाल बैंकमा कार्यरत कर्मचारी र ग्राहकलाई प्याथोलोजी र औषधी सेवामा ५ देखि १५ प्रतिशत सम्म र आईभिएफ प्याकेजमा कर्मचारीलाई १५ हजार र ग्राहकले १० हजार छुट पाउने भएका भछन् । सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र वात्सल्य नेचुरल आईभिएफ प्रालिको तर्फबाट डिजिटल तथा मिडिया प्रबन्धक नविन विष्टले हस्ताक्षर गरेका हुन् ।
कर्मचारी र ग्राहकले काठमाडौंस्थित नक्साल, भक्तपुर, ललितपुर, भरतपुर, नेपालगञ्ज, पोखरा र बुटवल मा अवस्थित वात्सल्य नेचुरल आईभिएफका अस्पताल र क्लिनिकले प्रदान गर्ने उपचार सेवाबाट लाभान्वित हुने बैंकले जनाएको छ ।
Comments are closed.