काठमाडौं । नेपाल बैंक लिमिटेडको ६५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । नेपाल ए.पि.एफ. क्लब हलचोक काठमाडौंमा सञ्चालक समितिका अध्यक्ष थानप्रसाद पंगेनीको अध्यक्षतामा साधारण सभा गरिएको हो ।
आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तको वित्तीय विवरणहरू पारित गर्दै साधारण सभा सम्पन्न भएको छ । सभाले महालेखापरीक्षकको कार्यालयबाट प्राप्त परामर्श बमोजिम आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण गर्न ३ जना चाटर्ड एकाउन्टेन्टहरू प्रदिपकुमार श्रेष्ठ, मधुविर पाण्डे र सृष्टि कोइरालालाई लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव समेत सर्वसम्मतरूपमा पारित गरेको छ ।
बैंकको नियमावलीमा भएको व्यवस्था बमोजिम सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने कार्यतालिका समेत रहेकोमा उच्च अदालत पाटनको गत चैत ५ गतेको अल्पकालिन अन्तरिम आदेशबाट रोकिएको छ ।
Comments are closed.