काठमाडौं । नेपाल बैंकका ग्राहक तथा कर्मचारीलाई भक्तपुरको कौशलटारमा अवस्थित भक्तपुर इन्टरनेशनल हस्पिटलले छुट दिने भएको छ । बैंक र हस्पिटलबीच उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी समझदारी गरिएको छ ।
सो सम्झौता बमोजिम नेपाल बैंकमा कार्यरत कर्मचारीलाई र बैंकमा खाता रहेका ग्राहकलाई अस्पतालको विविध सेवामा लाग्ने शुल्कमा बिल रकमको ५ प्रतिशत देखि २० प्रतिशतसम्म छुट हुने व्यवस्था रहेको छ । सम्झौता पत्रमा बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख विश्वराज भण्डारी र भक्तपुर इन्टरनेस्नल हस्पिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामजीकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
यसबाट नेपाल बैंकमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकले अस्पतालबाट प्रदान गरिने OPD, Gyno & fertility, Diagnostic and Nutrition & Medical facility along with Endoscopy, Colonoscopy, ECG, EEG, Pulmonary Function Test, FNAC/Biopsy, X-ray, Ultrasound, Doppler, Liver Health, Heart Health, Kidney health, Brain or Neuro Health and Urology, General Physical Checkup, ECHO, Nuclear Cardiology Test, Dental, Minor & Major Operation जस्ता स्वास्थ्य सेवा लिन सक्नेछन् ।
Comments are closed.