मृत्यु दाबी रकम भुक्तानी

काठमाडौं । नेपाल बैंक लिमिटेडले सडक दुर्घटनामा परेर मृत्यु भएका मकवानपुर थाहा नगरपालिका–१ बस्ने रघुनन्दन यादवको परिवारलाई मृत्यु दाबी रकम भुक्तानी गरेको छ ।

झम्केश्वरी माविका शिक्षक तथा नेपाल बैंकको पालुङ शाखामा कर्मचारी तलब खाताका ग्राहक समेत रहेका यादवको गत जेठ १२ गते थाहा नगरपालिका–३ मा सडक दुर्घटनामा परी निधन भएको थियो ।

स्व.यादवको परिवारलाई बैंकले दुर्घटना बीमा दावी रकम वापत रु. ५ लाख भुक्तानी गरेको छ । बैंककोे कर्मचारी तलब खाता अन्तर्गतको विशेषता बमोजिम खाता खोलेको एक वर्षभित्र ग्राहकको मृत्यु भएमा रु. ५ लाख सम्मको दुर्घटना बीमा पाउन सक्ने व्यवस्था अनुसारको माग दाबीको अविलम्ब भुक्तानी गरिएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले मृत्यु दाबी रकम स्व. यादवकी श्रीमती अमिराकुमारी यादवलाई हस्तान्तरण गरेका हुन् । प्रमुख कार्यकारी अधिकृत पाण्डेयले नेपाल बैंकले आफ्ना ग्राहकका वित्तीय सुरक्षालाई सर्वोच्च प्राथमिकता दिँदै आइरहेको र आगामी दिनमा पनि उत्कृष्ट ग्राहक सेवा र सुरक्षालाई उच्च प्राथमिकता प्रदान गर्दै जाने बताए ।

स्व.यादवकी श्रीमती अमिराकुमारीले दुःखको बेलामा बिना कुनै झन्झट नेपाल बैंकबाट प्राप्त यो आर्थिक रकमले परिवारको भरणपोषणमा धेरै राहत पाएको महसुस गरेको बताइन् ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.