काठमाडौं । नेपाल बैंक लिमिटेड र नवडर्मा स्किन एण्ड लेजर एस्थेटिक्स बीच छुट सम्बन्धमा सम्झौता भएको छ । बैंकका ग्राहक र कर्मचारीलाई नयाँ बानेश्वर र कौशलटार भक्तपुरमा रहेको नवडर्मा स्किन एण्ड लेजर एस्थेटिक्समा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट दिइने भएको छ ।
सो सम्झौता बमोजिम नेपाल बैंकमा कार्यरत कर्मचारीलाई र बैंकमा खाता रहेका ग्राहकलाई क्लिनिकको विविध सेवामा लाग्ने शुल्कमा बिल रकमको क्रमशः १५ प्रतिशत र १० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ । सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र एस्थेटिक्सको तर्फबाट प्रबन्ध निर्देशक डा. श्रेया पाँडेले हस्ताक्षर गरे ।
बैंकका कर्मचारी र ग्राहकले क्लिनिकबाट प्रदान गरिने हाइड्रा फेसियल एण्ड माइक्रोनेडलिङ विथ पीआरपी, चारकोल पिल/केमिकल पील, मोल/वार्ट/स्किन ट्याग हटाउने, पीआरपीसँग फेस माइक्रोनेडलिङ, पीआरपीसँग हेयर माइक्रोनेडलिङ, हेयर पीआरपी/जीएफसी, पिको लेजरसंग सम्बन्धित स्वास्थ्य सेवा पाउनेछन् ।
Comments are closed.