एएसजी आइ केयर एण्ड हेल्थ सर्भिसेजमा नेपाल बैंकका ग्राहक र कर्मचारीलाई छुट

काठमाडौं । नेपाल बैंक लिमिटेड र एएसजी आइ केयर एण्ड हेल्थ सर्भिसेज प्रालि बीच सम्भmौता भएको छ ।

बैंकका ग्राहक र कर्मचारीलाई नयाँ बानेश्वरमा रहेको एएसजी आइ केयर एण्ड हेल्थ सर्भिसेजमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा सम्भmौता गरिएको हो । क्लिनिकको विविध सेवामा लाग्ने शुल्कमा बिल रकमको १० प्रतिशत देखि ५० प्रतिशत सम्म छुट दिने सम्झौतामा उल्लेख गरिएको छ ।

सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र एएसजी आइ केयर एण्ड हेल्थ सर्भिसेजको तर्फबाट बजारीकरण प्रबन्धक सन्जीबकुमार ठाकुरले हस्ताक्षर गरेका छन् ।

यसबाट बैंक ग्राहक र कर्मचारीले क्लिनिकबाट प्रदान गरिने आँखाको शल्यक्रिया प्रक्रिया, सानो अनुसन्धान, अप्टिकल लेन्स, फ्रेम, उपचार जस्ता आँखा सम्बन्धी स्वास्थ्य सेवाबाट लाभान्वित हुन सक्नेछन् ।

You might also like

Comments are closed.