काठमाडौं । नेपाल बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिसेज प्राली बीच सम्झौता भएको छ ।
बैंकका ग्राहक तथा कर्मचारीलाई नयाँ बानेश्वरमा रहेको एएसजी आई केयर एण्ड हेल्थ सर्भिसेजमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता गरिएको छ ।
ग्राहक तथा कर्मचारीलाई क्लिनिकको विविध सेवामा लाग्ने शुल्कमा बिल रकमको १० प्रतिशत देखि ५० प्रतिशत सम्म छुट हुने व्यवस्था गरिएको छ ।
बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र एएसजी आई केयर एण्ड हेल्थ सर्भिसेजको तर्फबाट बजारीकरण प्रबन्धक सन्जीबकुमार ठाकुरले हस्ताक्षर गरेका छन् ।
यसबाट नेपाल बैंकका ग्राहक तथा कर्मचारीले क्लिनिकबाट प्रदान गरिने आँखाको शल्यक्रिया प्रक्रिया, सानातिना अनुसन्धान, अप्टिकल लेन्स, फ्रेम, उपचारस्ता आँखा सम्बन्धी स्वास्थ्य सेवा पाउनेछन् ।
Comments are closed.