नेपाल बैंकका ग्राहक तथा कर्मचारीलाई नागरिक सामुदायिक शिक्षण अस्पतालमा छुट

काठमाडौं । नेपाल बैंक लिमिटेडका ग्राहक र कर्मचारीलाई नागरिक सामुदायिक शिक्षण अस्पतालले छुट दिने भएको छ ।

बैंकमा खाता रहेका ग्राहक र कार्यरत कर्मचारीलाई ह्याम्स अस्पतालद्वारा सञ्चालित भक्तपुरको गठ्ठाघरस्थित नागरिक सामुदायिक शिक्षण अस्पतालले सेवा दिने सम्बन्धमा एक समझदारी गरिएको छ ।

सम्झौता पत्रमा बैकको तर्फबाट प्रमुख वित्त अधिकृत प्रकाशकुमार अधिकारी र नागरिक सामुदायिक शिक्षण अस्पतालको तर्फबाट कार्यकारी निर्देशक भुवन जोशीले हस्ताक्षर गरेका छन् ।

अस्पतालको विविध सेवामा लाग्ने शुल्कमा बिल रकमको ५ प्रतिशत देखि १२ प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको जनाइएको छ ।

 

You might also like

Comments are closed.