काठमाडौं । हालै देशभर भएको ठूलो धनजनको क्षतीप्रति नेपाल चेम्बर अफ कमर्सले दुःख व्यक्त गरेको छ ।
चेम्बरले जेनजी समूहले गरेको प्रदर्शनको क्रममा मृतकप्रति समवेदना र घाइतेलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यस विषम परिस्थितीमा संवाद, सहकार्य र संयमता अपनाउन सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ ।
यही भदौ २३ र २४ गते भएको प्रदर्शनले देशमा ठूलो जनधनको क्षति पुगेको छ । यसले औद्योगिक र व्यावसायिक क्षेत्रमा नराम्रो असर पुगेको चेम्बरले जनाएको छ । सबै सरोकारवाला पक्ष संयमित बनेर निकास खोज्नुपर्नेमा चेम्बरले जोड दिएको छ ।
आगामी दिनमा यस्ता खाले घटना दोहोरिन नदिन सरोकारवाला पक्ष र जेनजी पुस्ताका युवाहरूलाई संवाद र रचनात्मक सहकार्यमार्फत दीर्घकालीन समाधान खोज्न चेम्बरले आह्वान गरेको छ ।
Comments are closed.