काठमाडौं । चेम्बर अफ कमर्श एनसीसी र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीले गरेको सहयोगबाट पुनः निर्माण र जिविकोपार्जनबारे संयुक्त अनुगमन भएको छ । गत असोजमा आएको बाढी पहिरोले काभ्रेको पनौती नगरपालिका र रोशी गाउँपालिकामा क्षती पुगेको थियो ।
चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र युनडीपीका तर्फबाट आवसीय प्रतिनिधि कायको युकोशुको नेतृत्वमा गएको टोलीले सहयोग अनुदान कार्यान्वयन प्रगतिबारे संयुक्त अनुगमन गरेको छ । पनौती र रोशीमा बाढी तथा पहिरोले पु¥याएको जनधनको क्षति एवं जिविकोपार्जनका लागि गत पुस महिनामा चेम्बर र युएनडीपीबीच सहकार्यको सम्झौता भएको थियो ।
बाढी पहिरो प्रभावित क्षेत्रमा पुनः निर्माणका लागि नगद कार्यक्रम तथा जलवायु अनुकुलन सहकार्यको प्रगति सम्बन्धमा संयुक्त अनुगमन गरिएको छ । बाढी पहिरो प्रभावित क्षेत्रमा भएको नगद कार्यक्रम अन्र्तगत सिंचाई नहर, सामुदायिक सडकहरु, नाली निर्माण, कृषि जमिनमा माटो, ढुंगा, काठ आदिको सरसफाई गरी स्थानीय भौतिक पूर्वाधार निर्माणको काम भइरहेको छ । यसबाट स्थानीय रोजगारी समेत सिर्जना भएको छ ।
प्राकृतिक प्रकोपजन्य अवस्थामा समुदायको क्षमता अभिवृद्धिका लागि सहकार्य एवं जलवायु परिवर्तन न्यूनीकरण र अनुकुलका साथै जोेखिम न्यूनीकरणमा भएको प्रगतिबारे स्थलगत अनुगमन गरिएको चेम्बरले उल्लेख गरेको छ । बाढी पहिरो प्रभावित क्षेत्रमा भईरहेको काम सन्तोषजनक रहेको र आगामी दिनमा पनि निक्षी क्षेत्रको तर्फबाट सहयोग एवं सहकार्य जारी रहने चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले जानकारी दिए ।
चेम्बरका वरिष्ठ उपाध्यक्ष दिपक कुमार मल्होत्राले चेम्बर र युएनडीपीको सहयोगले बाढी पहिरो प्रभावित क्षेत्रमा पूर्वाधार निर्माण र जिविकोपार्जनमा उल्लेख्य उपलव्धी हासिल भएको बताएका छन् । युएनडीपीका आवासीय प्रतिनिधी कायको युकोशुले चेम्बरसंगको सहकार्यमा बाढी प्रभावित क्षेत्रमा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे ।
चेम्बर र युएनडीपीले गरेको सहयोगबारे भएको प्रगतिको अनुगमनको स्थानीय तहका जनप्रतिनिधीको सहभागिताका साथै काभ्रेका प्रमुख जिल्ला अधिकारीलाई पनि कार्यप्रगतिको बारेमा जानकारी गराईएको थियो ।
Comments are closed.