रामेछापमा दुग्ध व्यवसायी संगठित हुँदै

काठमाडौं । रामेछापमा नेपाल डेरी एसोसिएसनको नयाँ कार्यसमिति गठन भएको छ । दुग्ध व्यवसायी तथा सरोकारवालाको भेलाले भानुभक्त श्रेष्ठ अध्यक्ष रहेको एसोसिएसनको नयाँ कार्यसमिति गठन गरेको हो ।

उपाध्यक्ष मनोहरकुमार कार्की, सचिव किशोर पौडेल, कोषाध्यक्षमा केशरबहादुर खत्री, सदस्यमा बलराम मगर रहेका छन् । बाँकी सदस्य भने जिल्ला समितिले पछि मनोनयन गरेर समितिलाई पूर्णता दिने नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका कोषाध्यक्ष दीपक सन्जेलले जानकारी दिए ।

बागमती प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष हरिप्रसादप्रसाद पौडेलले नेपाल डेरी एसोसिएसनले सातै प्रदेश र सबै जिल्लामा समिति विस्तार गर्दै गएको बताए । केन्द्रीय अध्यक्ष प्रल्लाद दाहालले एसोसिएसनले दुग्ध क्षेत्रको विकासमा प्रतिबद्ध भएर लाग्ने बताएका छन् । बागमती प्रदेशका अध्यक्ष टिकाप्रसाद घिमिरेले बागमतीका सबै जिल्लामा नेपाल डेरी एसोसिएसन जिल्ला समिति गठन गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

राष्ट्रिय दुग्ध विकास बोर्डका बोर्ड सदस्य एवं एसोसिएसनका केन्द्रीय सह– कोषाध्यक्ष रामभक्त दाहालले एसोसिएसनले सहकार्य गर्दै हरेक ठाउँमा यस्ता कार्यक्रम गर्दै जनाएका छन् । केन्द्रीय उपाध्यक्ष दीपप्रसाद धमलाले संस्थागत रुपमा संगठित भएपछि उद्योगी, व्यवसायीका साझा समस्यालाई एसोसिएसनले समाधान गर्दै जाने बताए । केन्द्रीय सदस्य निराजन कोइरालाले संस्थागत रुपमा समिति बनेपछि जिल्लामा उद्योगी तथा व्यवसायीको संख्या बढ्दै जाने बताएका छन् ।

हाल नेपाल डेरी एसोसिएसनमा २३ जिल्ला समिति गठन भइसकेको र अरु जिल्ला समिति गठन गर्ने प्रक्रियामा रहेको एसोसिएसन बागमती प्रदेशका उपाध्यक्ष गोपाल तिमल्सिनाले जानकारी दिएका छन् । नवनिर्वाचित अध्यक्ष भानुभक्त श्रेष्ठले आफु पूरानो सदस्य भएतापनि जिल्लामा धेरै उद्योग नभएकाले समिति गठन गर्न नसकेको र हाल उद्योगको संख्या बढ्दै गएपछि संस्थागत रुपमा संगठित भएको बताए ।

You might also like

Comments are closed.