धेरै डेरीजन्य वस्तु निर्यात गर्ने नेपाल डेरी एसोसिएसनका लामा सम्मानित

काठमाडौं । निर्यात व्यवसायी महासंघ नेपालले नेपाल डेरी एसोसिएसन बागमती प्रदेश कार्यसमिति सदस्य ज्ञानराज लामालाई सम्मान गरेको छ । हेटौँडा शुभ डेरी उद्योगका निर्देशक समेत रहेका लामालाई महासंघको ५ औँ वार्षिक साधारणसभा तथा तेस्रो महाधिवेशनको अवसरमा सम्मान गरिएको हो ।

विभिन्न वस्तुगततर्फ सबैभन्दा बढी निर्यातकर्तालाई सम्मान गर्ने कार्यक्रम अनुसार लामालाई उद्योग तथा वाणिज्य आपूर्ती मन्त्री दामोदर भण्डारीले दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरिएको छ । सबैभन्दा बढी निर्यातकर्ताको रुपमा सम्मानित हुन पाउँदा खुशी लागेको उनले बताए । आफूलाई सम्मान गरेकोमा निर्यात व्यवसायी महासंघ नेपाललाई धन्यवाद दिदै काममा थप ऊर्जा थपेको उनी बताउँछन् ।

लामा बिगत २० वर्षदेखि डेरी क्षेत्रमा आबद्ध छन् । हाल उनले सञ्चालन गरेको डेरीले सम्पूर्ण दुग्ध पदार्थ उत्पादन गरी विशेषगरी हेटौंडा, चितवन र विरगञ्जमा बजारीकरण गर्दै आइरहेका छन् । छुर्पी र घ्यू हाल विदेश निर्यात गर्दै आएका उनले हाल दैनिक ७ देखि १० हजार लिटर दुध खपत गर्ने गरेका छन् ।

You might also like

Comments are closed.