पोखरा । नेपाल डेरी एसोसिएसनले पोखरामा दुग्ध प्रशोधन कारखाना स्थापना गर्ने सम्बन्धमा ध्यानाकर्षण जनाएको छ ।
दुग्ध प्रशोधन कारखाना स्थापना गर्न खोजिएको निर्णयप्रति दुग्ध क्षेत्रमा क्रियाशिल उत्पादक, व्यवसायी, सहकारी संस्था तथा सरोकारवालाको गम्भिर ध्यानाकर्षण भएको एसोसिएसनका महासचिव हिमचन्द्र खनालले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा भनिएको छ, ‘नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको दुग्ध विकास संस्थानले दुग्ध प्रशोधन तथा प्याकेजिङग प्लान्ट दुई दशकअघि नै निजी क्षेत्रलाई हस्तान्तरण गरिसकेको छ, निजी क्षेत्रका दुग्ध व्यवसायबाट अर्बौको लगानीमा हजारौँलाई रोजगारी सिर्जना भइरहेको छ, यस्तो परिवेशनमा पुनः दुग्ध विकास संस्थान पोखरा स्थापना गर्न खोजिएको निर्णयप्रति दुग्ध क्षेत्रमा क्रियाशिल उत्पादक, व्यवसायी, सहकारी संस्था तथा सरोकारवालाको आपत्ति छ’ ।
यस विषम परिस्थितिमा संस्थानले कम्पनीको साख जोगाउनतर्फ ध्यान दिनु आवश्यक छ । दुग्ध व्यवसायीमा अझ बढी निजी क्षेत्रमा लगानीको वातावरण बनाउँदै स्वरोजगारको अवसर सिर्जनाका लागि राज्यले प्रोत्साहन गर्नतर्फ जोड दिन सरोकारवालाको आग्रह छ ।
साथै निजी क्षेत्रलाई हतोत्साही बनाउने कार्यपति खेद प्रकट गर्दै पोखरामा दुग्ध प्रशोधन कारखाना स्थापना तत्कालै सच्याउन विज्ञप्तीमार्फत संवद्ध व्यवसायी तथा सरोकारवालाको माग छ ।
Comments are closed.