नेपाल डेरी एसोसिएसनले सातौँ विश्व स्कुल दूध दिवस मनाउँदै

काठमाडौं । नेपाल डेरी एसोसिएसनको आयोजना नेपालमा पनि सातौँ विश्व स्कुल दूध दिवस कार्यक्रम मनाइने भएको छ । नेपाल डेरी एसोेसिएसनका ७ वटै प्रदेशमा र जिल्ला, पालिका, क्षेत्रमा यस पटक राष्ट्रिय स्कुल दुध दिवस मनाउन लागेको एसोसिएसनले बताएको छ । यस अभियानले दूधको महत्व र दूध उपयोग बढ्ने विश्वास आयोजकको रहेको छ ।

यही असोज १२ गते अर्थात सेप्टेम्बर महिनाको अन्तिम बुधबार २८ तारिकका दिन विश्व स्कुल दूध दिवसको अवसरमा नेपाल डेरी एसोसिएसनले असोज ७ गते देखिनै विभिन्न कार्यक्रमहरु गरी विश्व स्कुल दूध दिवस मनाउने कार्यक्रम तय भएको एसोसिएसनले जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।

असोज ८ गते दृष्य बहुउद्देश्यीय सहकारी संस्थाको सहकार्यमा दूध तथा दुग्ध व्यवसायी एवं किसानहरुको करिब ३ सय जनाको उपस्थिति लगायत विभिन्न विद्यालयका विद्यार्थीहरु र सरोकारवाल निकायहरुको उपस्थितिमा दूधको महत्व र यसको प्रयोगले हुने फाईदाका बिषयमा चर्चा परिचर्चा गरी दूध तथा दुग्ध पदार्थ वितरण गरी मनाइने डेरी एसोसिएसनले विज्ञप्तिमा जनाएको छ ।

विश्व स्कुल दूध दिवस विश्वमा सन् २००० देखि विश्वको ३० वटाभन्दा बढी देशहरुबाट मनाउन सुरु गरेको पाइन्छ । नेपालमा एसोसिएसनले विगत ७ बर्षदेखि यो दिवस मनाउँदै आएको छ । नेपालमा पहिलो पटक विश्व स्कुल दुधदिवस मनाउन डेरी एसोसिएसनले सन् २०१६ ( वि.स २०७३ साल)बाट सुरु गरेको हो ।

 

You might also like

Comments are closed.