काठमाडौं । दुग्ध क्षेत्रको विकास र प्रवद्र्धन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । नेपाल डेरी एसोसिएसनले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा यस्तो बताएका हुन् । सहभागी सरोकारवाला निकाय, व्यक्तिले दूधको महत्व पछिल्लो समय बढ्दै गएको बताउँदै अब यसको विकास र प्रवद्र्धन गरी प्रयोग क्षेत्र बढाउन सबै लाग्नुपर्ने बताएका छन् ।
बुधवार १० औँ विश्व दूध दिवस ‘नियमित दूध तथा दुग्ध पदार्थ सेवन, स्वस्थ निरोगी रहन्छ विद्यार्थी जीवन’ भन्ने नाराका साथ एसोसिएसनको आयोजनामा अन्तक्र्रिया कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा एसोसिएसनले गत असोज ३ गतेदेखि विभिन्न शैक्षिक संस्थामा दूधपान तथा जनचेतनामुलक कार्यक्रम गरेको थियो ।
बुधवार एसोसिएसनले २ सत्रमा छुट्टाछुट्टै अन्तक्र्रिया कार्यक्रम गरेको छ । पहिलो सत्रमा नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्रको सहकार्य, दोस्रंो सत्रमा राष्ट्रिय दुग्ध विकास बोर्डको सहकार्यमा ‘दुग्ध क्षेत्रको भविष्य, वर्तमान अवस्थामा दुग्ध क्षेत्रमा देखिएका समस्या, समाधान र चुनौती’ विषयक अन्तक्र्रिया गरेको हो ।
पहिलो सत्रमा भएको कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य महासंघ, वस्तुगत संघका उपाध्यक्ष हेमराज ढकालले नेपाल डेरी एसोसिएसन वस्तुगत सदस्यमा चलायमान संस्था भएको र सधैं आफ्नो व्यवसायको हकहितमा लागिपर्ने बताए । निजि क्षेत्रको तर्फबाट एसोसिएसनलाई गर्नुपर्ने सबै किसिमका सहयोग महासंघका तर्फबाट निरन्तर रहिरहने उनी बताउँछन् ।
दोस्रो सत्रमा भएको कार्यक्रमका प्रमुख अतिथि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले एसोसिएसनले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमले दूधको महत्व आमनागरिकमा बढ्दै जाने बताएका छन् । कार्यक्रम नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालको अध्यक्षतामा चलेको हो ।
डेरी उद्योग संघको तर्फबाट अरनिको राजभण्डारी, राष्ट्रिय दुग्ध विकास बोर्डको तर्फबाट अजय पोखरेल र नेपाल डेरी एसोसिएसनको तर्फबाट विषयविज्ञ सुभाष ढकालले सहजिकरण गरेको कार्यक्रममा प्रस्तुतिमाथि टिप्पणी शिवराम सिं, अम्बर कुँवर, लालकुमार के.सी, नरेशलाल श्रेष्ठले गरेका हुन् ।
कृषि उद्यम केन्द्रका सभापति डि.बि बस्नेतले यस्ता कार्यक्रमले व्यवसायभित्र लुकेर रहेका समस्या बाहिर आउने र सम्बन्धित निकायलाई समस्या हल गर्न सहयोग पुग्ने बताए । व्यवसायीले आफ्ना समस्या बिरामीले डक्टरलाई बताए जसरी नै सबै कुरा बताएमा समस्या समाधान गर्न सहज हुने भएकाले सम्बन्धित निकायको साथ र सहयोग रहने बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादव बताउँछन् ।
कृषि उद्यम केन्द्रका उपसभापति राजकुमार कार्कीले उपस्थित सबै निकायलाई धन्यवाद दिंदै दूधको महत्व र आवश्यकताबारे चर्चा गरेका छन् । कार्यक्रममा उपस्थित अतिथिलाई उपहारस्वरुप घ्यु प्रदान गरिएको छ ।
Comments are closed.