विद्यालयमा दूध दिवस मनाइयो

काठमाडौं । नेपाल डेरी एसोसिएसन सुदुरपश्चिम प्रदेशले १० औं विश्व स्कुल दूध दिवस मनाएको छ । बुधवार ‘नियमित दूध तथा दुग्ध पदार्थ सेवन, स्वस्थ निरोगी रहन्छ विद्यार्थी जीवन’ भन्ने नाराका साथ कञ्चन माध्यमिक विद्यालयमा एक कार्यक्रम गरी दिवस मनाइएको एसोसिएसनले जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. हेमरा अवस्थी, केन्द्रिय उपाध्यक्ष कर्ण हमाल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिबहादुर गैरा, प्रधानाध्यापक कर्मराज चौधरी, जनप्रतिनिधि, दुग्ध व्यवसायी, पशुपालक कृषक, अभिभावक, विद्यार्थी लगायत सहभागी थिए ।

भुपेन्द्र थापाको अध्यक्षतामा भएको कार्यक्रम पञ्चकन्यालाई दूध सेवन गराएर उद्घाटन गरिएको हो । प्रदेश उपाध्यक्ष राम कुँवरको स्वागतबाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रदेश सचिव हर्कबहादुर चन्दले गरेका हुन् । कार्यक्रममा सहभागीलाई खाजाको रुपमा खिर खुवाइएको छ भने अतिथिलाई दूध तथा दुग्धजन्य पदार्थ समावेश भएको उपहार प्रदान गरिएको छ ।

jutta mela

यसैगरी बागमति प्रदेश अन्तर्गत काठमाडौं, नक्सालस्थित होलडे इन होटलमा नेपाल डेरी एसोसिएसन बागमति प्रदेशको संयोजकत्वमा विश्व स्कुल दूध दिवस मनाइएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्र, सरोकारवाला लगायत सहभागी रहेको कार्यक्रममा मोही सेवन, दूध तथा दुग्ध पदार्थ वितरण गरिएको छ ।


नेपाल डेरी एसोसिएसन जिल्ला समिति सिन्धुलीको आयोजनामा जनज्योति मावि फोस्रेटारका विद्यार्थीलाई दूध सेवन गराइएको छ । एसोसिएसन सिन्धुलीका अध्यक्ष बलराम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेल रहेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि पोखरेलले दूधलाई अमृतको संज्ञा दिँदै नियमित दूध तथा दुग्धजन्य पदार्थ मानव स्वास्थ्यका लागि महत्त्वपूर्ण भएको बताए । दूधमा शरीरलाई आवश्यक पौष्टिक तत्व पाइने भएकाले बालबालिकालाई अनिवार्य दूध सेवन गराउनुपर्ने र यसको पहल विद्यालयबाट हुन सक्ने भएकाले कार्यक्रमको प्रभावकारिता बढ्ने नगर प्रमुख पोखरेल बताउँछन् । विद्यार्थीलाई दूध तथा दुग्ध पदार्थबारे जानकारी गराउँदा बालबालिकालाई फाइदा पुग्ने उनको भनाई छ ।

कार्यक्रममा विद्यार्थीलाई दूधबारे जानकारी दिइएको छ । एसोसिएसनले समय–समयमा स्कुल, आश्रम, अस्पताल लगायत विभिन्न स्थानमा दूध तथा दुग्ध पदार्थ सेवन गराउने र विविध कार्यक्रम गरिरहेको छ ।

You might also like

Comments are closed.