काठमाडौं । नेपाल डेरी एसोसिएसन सुदुरपश्चिम प्रदेशले पाँचौं साधारण सभा सम्पन्न गरेको छ । एसोसिएसनका प्रदेश अध्यक्ष भुपेन्द्र थापाको अध्यक्षतामा भएको साधारण सभाका प्रमुख अतिथि एसोसिएसनका केन्द्रिय उपाध्यक्ष कर्ण हमाल रहेका हुन् ।
प्रमुख अतिथि हमालले केन्द्रिय साधारण सभा गर्नु अगावै ७ वटै प्रदेशमा प्रदेश साधारण सभा गरिसक्नुपर्ने निर्देशन केन्द्रले तय गरेको जानकारी दिदै सुदुरपश्चिम प्रदेश साधारण सभा गर्ने पहिलो प्रदेश रहेको बताएका छन् ।
हमालले अब छिट्टै धुलो दूध कारखाना बन्ने र दुग्ध उद्योग र किसानका थोरै भएपनि समस्या हल हुने बताए । दुग्ध क्षेत्रमा लाग्ने सबैलाई राज्यले साथ दिन आवश्यक रहेको र अहिले दूध तथा दुग्ध पदार्थ आयातको कुरा कुनैपनि हालतमा खोल्न नहुने कुरामा जोड दिए ।
कैलाली जिल्लाका अध्यक्ष डम्बर शाहले कैलालीमा धेरै कुरा भएर पनि दुग्ध क्षेत्रमा केही नभएको जस्तो रहेकोले यस विषयमा सबै सरोकारवाला एकै ठाउँमा बसेर छलफल गरी राज्यलाई झक्झकाउनु पर्ने बताएका छन् ।
प्रदेश उपाध्यक्ष राम कुँवरको स्वागतबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव हर्कबहादुर चन्दले गरेका हुन् । सुदुरपश्चिम प्रदेशमा हाल २३ सदस्य रहेकोमा यसलाई बढाएर ५० पु¥याउने लक्ष्य रहेको छ । यस प्रदेशमा दुग्ध क्षेत्रको अथाह सम्भावना छ ।
Comments are closed.