नेपाल डेरी एसोसिएसनको २६औं वार्षिक साधारणसभा माघ ७ गते बुटवलमा हुने

काठमाडौं । नेपाल डेरी एसोसिएसनको २६ औं बार्षिक साधारणसभा एवं स्थापना दिवस बुटवलमा हुने भएको छ । आगामी माघको ७ गते मुख्यमन्त्रीको विशेष उपस्थितिमा भब्य कार्यक्रमका बीच साधारणसभा हुने एसोसिएसनले जनाएको छ ।

एसोसिएसनका हरेक गतिविधि पालैपालो प्रदेश र जिल्लामा गर्ने अनुसार यस वर्षको २६ औं बार्षिक साधारणसभा एवं स्थापना दिवस कार्यक्रम बुटवलमा हुन लागेको हो । सभामा भाग लिन एसोसिएसनले प्रतिनिधि मनोनयन गरी आव २०८१/८२ सम्मको बुझाउनुपर्ने वार्षिक शूल्क एवं बाँकी अन्य सबै शुल्क बुझाई उपस्थित हुन एसोसिएसनले सबै सदस्यलाई आग्रह गर्दै प्रदेश र जिल्ला समितिलाई निर्देशन गरेको छ ।

पुस मसान्तसम्म एसोसिएसनमा अद्यावधिक भएका सदस्यले मात्र साधारणसभामा सहभागीता हुन सक्ने सूचनामार्फत सबै सदस्यलाई जानकारी गराई वार्षिक एवं अन्य शुल्क अनिवार्य बुझाउनुपर्ने जानकारी गराइसकेको एसोसिएसनका केन्द्रिय कोषाध्यक्ष दयाराम भण्डारीले बताए । साथै प्रबेश शुल्क एवं अन्य बाँकी बक्यौता तिरिसकेपछि मात्र बस्न खाना, ब्याग, पेन स्ट्यान्ड, स्टेसनरी लगायतका सामग्री उपलब्ध गराउने एसोसिएसनका केन्द्रिय महासचिव हेमचन्द्र खनालले जानकारी दिए ।

त्यसैगरी जिल्ला र प्रदेश एसोसिएसनले वर्षभरी गरेका गतिविधिको प्रतिबेदनका बुझाउनुपर्ने छ । साथै सदस्यले आव २०८०/८१ को लेखा प्रतिवेदन सहित कर चुक्ता प्रमाणपत्र समेत अनिवार्य लिई उपस्थित हुनुपर्ने जनाइएको छ । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन एवं आब २०८०/८१ को लेखा परिक्षण प्रतिवेदन, लेखा परिक्षक नियुक्ति तथा पारिश्रमिक लगायतको प्रस्तावसहित आवश्यक विशेष प्रस्तावहरु पेश हुने केन्द्रीय अध्यक्ष प्रल्हाद दाहाल बताउँछन् ।

यस पटकको २६ औं वार्षिक साधारणसभा लुम्बिनी प्रदेशमा विशेष बनाउने र सबै प्रतिनिधिको लागि अविस्मरणीय बनाउन लागिरहेको कार्यक्रम संयोजक एव नेपाल डेरी एसोसिएसन लुम्बिनी प्रदेशका अध्यक्ष थानेश्वर न्यौपानेले बताए ।

lcci
You might also like

Comments are closed.