नेपाल फाइनान्सको शाखा रुपन्देहीको सैनामैनामा

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले आफ्नो चौथो शाखा रुपन्देही जिल्लाको सैनामैना नगरपालिकाको मुर्गिया बजारमा सञ्चालनमा ल्याएको छ । संस्थाका संचालक दिप्रश शाक्यले एक कार्यक्रमबीच आइतबार शाखाको उद्घाटन गरेका हुन् ।

निजी क्षेत्रको लगानीको नेपालको पहिलो फाइनान्स कम्पनीको रुपमा २०४९ सालमा स्थापना भएको वित्तीय संस्थाको हाल काठमाडौं महानगरपालिका २८ कमलादीमा केन्द्रीय कार्यालय सहित ललितपुरको पुल्चोक र काभ्रेपलाञ्चोको बनेपामा शाखा कार्यालय संचालनमा ल्याइसकेको छ । कार्यक्रममा संस्थाका संचालक राजन प्रजापती, प्रमुख कार्यकारी अधिकृत उध्दबराज थपलिया, सहायक प्रमुख कार्यकारी अधिकृत विष्णु प्रसाद गौतम लगायतको उपस्थिति थियो ।

नेपाल फाइनान्स लिमिटेडले ललितपुर फाइनान्सलाई प्राप्तिका लागि प्रारम्भिक सम्झौता गरिसकेको प्रमुख कार्यकारी अधिकृत उध्दबराज थपलियाले जानकारी दिए । ललितपुर फाइनान्सलाई प्राप्ति गरिसकेपछि संस्थाको चुक्ता पूँजी करिब ५५ करोड रुपैयाँ पुग्नेछ । १ः१.७५ का दरले हकप्रद शेयर जारीका लागि नेपाल राष्ट्र बैकबाट स्वीकृत प्राप्त गरिसकेको छ।

jutta mela

संस्थाले कास्कीको माच्छापुच्छे« गाउँपालिका, बर्दाघाट सुस्तापूर्वको गैडाकोट, जनकपुरको धनुषाधाम, हेटौंडामा शाखा कार्यालय र काठमाडौंको कान्तिपथ र कालिमाटीमा विस्तारित काउण्टर पनि यसै आ.ब.मा संचालनमा ल्याउने गरी तयारी गरिसकेको थपलियाले जानकारी दिए । ‘सम्पूर्ण डिजिटल बैंकिङ सेवा समेत छिट्टै संचालनमा ल्याउने गरी तयारी भइरहेको छ,’ उनले भने ।

You might also like

Comments are closed.