पहिलो पटक ‘नेपाल ग्रीन हाइड्रोजन समिट’ हुँदै

काठमाडौं ।  ‘नेपाल हरित हाइड्रोजन सम्मेलन : पग्लिदै गरेका हिमालहरूका लागि एन्टीडोट’ नारासहित यही असोज २४ र २५ गते ‘ नेपाल ग्रीन हाइड्रोजन समिट’ हुने भएको छ ।

एमआईटी ग्रुप फाउण्डेसन र ग्लोबल एनआरएन फाउण्डेसनको संयुक्त आयोजना तथा नेपाल सरकार, अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँगको सहकार्यमा हुन लागेको सम्मेलनमा हरित हाइड्रोजन उत्पादन र जलवायु परिवर्तनको असर न्यूनिकरण र यसको प्रयोगबारे बहस हुने भएको छ । ताहाचलस्थित होटल सोल्टीमा हुने सम्मेलनमा नेपालमा हरित हाइड्रोजन प्रवर्द्धन गर्नको लागि बहस हुने भएको हो ।

मंगलबार आयोजित पत्ररकार सम्मेलनमा ग्लोबल एनआरएन फाउण्डेसनका संस्थापक सदस्य जानकी गुरुङले नेपालमा पर्यावरणीय दिगो हरित हाइड्रोजन अर्थतन्त्रको विकास गरी ऊर्जा र खाद्य सुरक्षाको सुनिश्चितता बढाउने लक्ष्य सम्मेलनको रहेको बताएकी छन् । उनले जलवायु परिवर्तनको असर न्यूनिकरण तथा आर्थिक वृद्धि हासिल गर्न स्वच्छ ऊर्जा र दिगो जलवायु अनुकुल पूर्वाधारमा लगानी अभिवृद्धि गर्ने लगायत विषयमा बहस हुनेछ । हरित हाइड्रोजनको उत्पादन, भन्डारण तथा वितरण क्षमताको अध्ययनमा सम्मेलनले टेवा पुर्याउने लक्ष्य लिइएको जानकारी दिइन् ।

jutta mela

एनआरएनएका पूर्व अध्यक्ष शेष घलेले जलवायु परिवर्तनको असर न्यूनीकरण तथा आर्थिक वृद्धि हासिल गर्नका लागि स्वच्छ ऊर्जा क्षेत्र र दिगो जलवायु अनुकुल पुर्वाधारमा लगानी गर्नुपर्ने विषयमा विश्वव्यापी रूपमा छलफल भईरहेको सन्दर्भमा हरित हाइड्रोजन सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको बताएका छन् । त्यसैगरी, नेपालले पर्यावरणीय समस्याहरूको दीर्घकालीन समाधानका लागि नवीनतम उपायहरू पत्ता लगाउन पनि सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको समेत गरेका छन् ।

विण्डपावर नेपाल प्रालीका प्रमुख कार्यकारी अधिकृत कुुसल गुुरुङले सम्मेलनमा जलविद्युतको प्रयोग गरी हरित हाइड्रोजनको उत्पादन र उत्पादित हाइड्रोजनलाई एमोनिया उत्पादनमा प्रयोग गर्ने र यस बाहेक हाइड्रोजनलाई अरु कुन क्षेत्रमा प्रयोग गर्न सकिन्छ भन्ने विषयलाई केन्द्रमा राखेको बताएका छन् । यस सम्बन्धी नीति सुधारका लागि इनोभेटिभ वित्तिय मोडालिटी, वैदेशिक प्रत्यक्ष लगानी, निजी क्षेत्रको थप संलग्नता, प्रविधिको प्रयोग र नीति निर्माणका लागि बलियो आधार निर्माण गर्न पनि सम्मेलनले उल्लेखनीय भूमिका निर्वाह गर्ने अपेक्षा समेत गरेका छन् । ।

नेपालमा पर्यावरणीय दिगो हरित हाइड्रोजन अर्थतन्त्रको विकास गरी ऊर्जा र खाद्य सुरक्षाको सुनिश्चितता बढाउने लक्ष्य सम्मेलनको छ । सम्मेलनले जलविद्युतको प्रयोग गरी हरित हाइड्रोजनको उत्पादन र उत्पादित हाइड्रोजनलाई अमोनिया उत्पादनमा प्रयोग गर्ने र यस बाहेक हाइड्रोजनलाई अरु कुन क्षेत्रमा प्रयोग गर्न सकिन्छ भन्ने विषयलाई केन्द्रमा राखेको छ । यस सम्बन्धी नीति सुधारका लागि इनोभेटिभ वित्तिय मोडालिटी, वैदेशिक प्रत्यक्ष लगानी, निजी क्षेत्रको थप संलग्नता, प्रविधिको प्रयोग र नीति निर्माणका लागि बलियो आधार निर्माण गर्न पनि सम्मेलनले उल्लेखनीय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

 

You might also like

Comments are closed.