काठमाडौं । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघले मनास्लु हिमाल आरोहणमा जान लागेका सुन्दुरकुमार चौधरीलाई शुभकामना व्यक्त गरेको छ ।
मंगलबार महासंघको कार्यालयमा एक कार्यक्रम आयोजना गरी चौधरीलाई सफल आरोहणको शुभकामना व्यक्त गरिएको छ ।
कार्यालयमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष उमाकान्त शर्मा लगायतले खादा लगाएर सफलताको शुभकामना व्यक्त गरिएको महासचिव महेश कुँवरले जानकारी दिए ।
दाङ तुल्सीपुर उपमहानगरपालिका–७ परसेनीका ६६ वर्षीय चौधरीले मनास्लु हिमाल (८ हजार १६३ मीटर) आरोहण गर्न लागेका हुन् ।
Comments are closed.