प्रदेश भेला सफल बनाउन उत्साहका साथ लागिरहेका छौं

बालकृष्ण कोइराला

केन्द्रीय सदस्य, नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ
तथा
अध्यक्ष, हेभी इक्विपमेन्ट संघ कास्की
नेपाल हेभी इक्विमेन्ट व्यवसायी महासंघ गण्डकी प्रदेशस्तरीय भेला तथा अधिवेशन एवं नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ केन्द्रीय कमिटिको चौथो पूर्ण बैठक पर्यटकीय नगरी पोखरामा हुँदैछ ।

आज पोखरामा आयोजित यो भेलालाई सफल बनाउन हामी सक्रियताका साथ लागिरहेका छौं । यो कार्यक्रम सफल बनाउन मलाई संयोजकको जिम्मेवारी प्रदान गर्नुभएको छ । मेरो संयोजकत्वमा रहेको टिम कार्यक्रम सफल बनाउन लागिरहेका छौं ।

पर्यटनको राजधानी समेत रहेको पोखरामा महासंघको बैठकमा सहभागी हुन देशभरबाट व्यवसायीहरु पोखरा आउनुभएको छ । महासंघका केन्द्रीय कमिटिका सम्पूर्ण साथीहरु एवं महासंघ अन्तर्गत गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट प्रदेशस्तरीय भेलामा सहभागी हुन सम्पूर्ण व्यवसायीमा आह्वान पनि गर्दछु । सम्पूर्ण हेभी इक्विपमेन्ट व्यवसायीहरुलाई पोखरामा हामी हार्दिक स्वागत गर्दछौं ।

पछिल्लो समय आर्थिक मन्दी लगायतका विविध कारणले यो व्यवसायमा नकारात्मक असर गरिरहेको छ । यद्यपि हामी उत्साहका साथ कार्यक्रम सफल बनाउन लागिरहेका छौं । प्रदेशभरका व्यवसायीहरुमा व्यावसायिक उत्साह ल्याउन कार्यक्रमले सकारात्मक योगदान गर्नेछ भन्नेमा हामी विश्वस्त छौं ।

हेभी इक्विपमेन्ट व्यवसायको समसामयिक समस्याहरुका बारेमा गहन छलफल गरी नयाँ योजनाहरु तर्जुमा गर्नका लागि कार्यक्रम फलदायी हुनेछ । आगामी दिनमा हामीले खेल्नुपर्ने भूमिकाहरुका बारेमा बृहत छलफलसहित एजेन्डाहरु पारित हुनेछन् ।

You might also like

Comments are closed.