नेपाल इन्स्योरेन्सको साधारण सभा जेठ ३० गते आह्वान

 

काठमाडौं । नेपाल इन्स्योरेन्सको वार्षिक साधारण सभा आह्वान गरिएको छ । कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले संस्थाको ७३औं वार्षिक साधारण सभा जेठ ३० गते बोलाउने निर्णय गरेको हो । सभा नेपाल पर्यटन बोर्ड प्रदर्शनीमार्ग काठमाडौंमा बिहान ११ बजेका लागि डाकिएको छ ।

सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु परित गर्नुका साथै प्रस्तावित कुल ११ दशमलव ५८ प्रतिशत लाभांशलाई पनि वितरण योग्य बनाउँनेछ ।

jutta mela

कम्पनीको चैत ७ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको आधारमा ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । हाल कम्पनीको चुक्तापुँजी १ अर्ब २४ करोड २३ लाख ३८ हजार रहेको छ ।

सो पुँजीको आधारमा १३ करोड ६६ लाख ५७ हजार बराबरको बोनस सेयर र ७१ लाख ९२ हजार बराबरको नगद लाभांश कम्पनीले वितरण गर्न लागेको हो । बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्तापुँजी १ अर्ब ३७ करोड ८९ लाख ९५ हजार कायम हुनेछ ।

You might also like

Comments are closed.