नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३ दिवसीय नेतृत्व उत्कृष्टता पुरस्कार सम्मान सम्पन्न

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३ दिवसीय नेतृत्व उत्कृष्टता पुरस्कार, २०२४ सम्पन्न भएको छ । भैरहवाको टाइगर प्यालेस रिसोर्टमा साउन ११ देखि १३ गतेसम्म चलेको कार्यक्रम “हक वर्ष : फ्लाई हाई, एम हायर” नाराका साथ सम्पन्न भएको हो ।

कार्यक्रममा देशभरिबाट उत्कृष्ट व्यवसाय गर्ने १९१ एजेन्सी तथा एजेन्सी मेनेजरहरु र कम्पनीका कर्मचारी लगायत सहभागी थिए । पानसमा दीप प्रज्वलन गरी कम्पनीका सञ्चालक विमल ढकाल र प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरेका छन् ।

कार्यक्रममा भर्चुवल्ली बोल्दै सञ्चालक समितिका अध्यक्ष गोबिन्दलाल संघईले आ.व २०८०/८१ मा गरेको उत्कृष्ट प्रदर्शनको लागि व्यक्तिगत र सञ्चालक समितिको तर्फबाट सम्पूर्ण अभिकर्ता र कर्मचारीलाई बधाई तथा धन्यवाद व्यक्त गरेका छन् । सञ्चालक समिति विमलप्रसाद ढकालले आर्थिक मन्दीको बीच पनि उत्कृष्ट प्रदर्शन गर्न नेपाल लाइफको अभिकर्ता अब्बल रहेको बताए । लगानीको सुनिश्चितता, लगानीको प्रतिफलको सुनिश्चितता र लगानीको स्वच्छतालाई मध्यनजर गर्दै कम्पनी लगानी विविधिकरणतर्फ अग्रसर रहेको उनी बताउँछन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सम्मानित अभिकर्तालाई बधाई तथा शुभकामना दिदै अभिकर्तालाई गत आर्थिक वर्षको कार्यसम्पादनको लागि धन्यवाद र चालु आर्थिक वर्षको व्यापार लक्ष्य पुरा गर्न शुरुबाट नै दत्तचित्त भई कार्य गर्न आव्हान गरे । कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेलले कम्पनीलाई थप सबल बनाउन संरचनात्मक परिवर्तन गरेको र यसले सेवा प्रवाह थप चुस्त दुरुस्त भएको, यसले व्यवसाय गर्न सहज भएको बताए ।

पेशागत बीमा अभिकर्ता महासंघका महासचिव ओम केसीले नेपाल लाइफका अभिकर्ता नेपालकै सबैभन्दा बढी अब्बल र सक्षम अभिकर्ता रहेको र यस दौरानमा सिकिएको सीप र अनुभवलाई नयाँ पुस्तामा पुस्तान्तरण गर्दै बीमाको पहुँचलाई अभिवृद्धि गर्न तयार रहेको बताए । पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीले आगामी वर्षको लक्ष्य प्राप्ति गर्नका निम्ति अहिलेको अभिकर्ता टिम सक्षम रहेको र कम्पनीले लिएको टार्गेटलाई एचिभ गर्न दत्त चित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा एजेन्सी मेनेजर तर्फबाट उत्कृष्ट ५० र व्यक्तिगत कोड तर्फबाट उत्कृष्ट १४१ अभिकर्तालाई सम्मान, ३० जनालाई सम्राट पदक, २२ जनालाई रत्न पदक र १३७ जनालाई समृद्धि पदकबाट पनि विभुसित गरिएको छ । एजेन्सी मेनेजर तर्फबाट क्रमश : नेपाल प्रथम, द्धित्तिय र तृतीय हुने मदन भट्ट, स्नेहा भट्ट र बसन्ती शर्मा तथा व्यक्तिगत कोड तर्फबाट क्रमश : नेपाल प्रथम, द्धित्तिय र तृतीय हुने खुशी भट्ट, भीमा पन्थी र अर्बिन राजबंशीलाई अवार्डका साथमा नगद पुरस्कारले सम्मान गरिएको बताइएको छ ।

 

 

 

lcci
You might also like

Comments are closed.