हिमाल आरोहणमा नेपाल लाइफ इन्सोरेन्सले सहकार्य गर्ने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हिमाल आरोहणमा सहकार्य गर्ने भएको छ । गोर्खाकी पूर्णिमा श्रेष्ठले बिना अक्सिजन मनास्लु हिमालको आरोहण गर्ने तयारी गरेकी छन् ।

नेपाल लाइफ इन्स्योरेन्सले पूर्णिमाको साहसिक कार्यको कदर गर्दै सहकार्य गर्ने निर्णय गरेको हो । यसका लागि आइतबार कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र पूर्णिमा श्रेष्ठबीच सम्झौतामा हस्ताक्षर भएको छ ।

हस्ताक्षर कार्यक्रममा नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत पराजुलीले श्रेष्ठको सफल आरोहणको कामना गरेका छन् भने आराही श्रेष्ठले आफ्नो हिमाल आरोहणमा नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीसँग सहयात्रा गर्न पाएकोमा हौसला मिलेकोे बताइन् ।

गोर्खाको मध्यम परिवारमा जन्मिएकी श्रेष्ठ नेपालको हिमाल पर्वतारोहणमा परिचित नाम हो । श्रेष्ठ पेशाले फोटो पत्रकारसमेत हुन् । उनले सगरमाथासहित नेपालको ८००० मीटरभन्दा माथि उचाईमा रहेका ७ ओटा हिमालहरुको आरोहण गरिसकेकी छन् ।

You might also like

Comments are closed.