नेपाल लाइफको असोज मसान्तसम्मको लगानी १४९.७६ अर्ब पुग्यो

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्सको २२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघईको अध्यक्षतामा बिहीबार होटल भिष्वा वीरगञ्जमा सम्पन्न भएको हाे ।

सभामा संचालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गरेको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको छ ।
त्यस्तै, लेखा परीक्षकको प्रतिवेदनसहित आ.व.२०७७/७८ को वासलात, नाफा–नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरणलगायतका वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरिएको छ ।

साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को वितरण योग्य मुनाफाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको १५ दशमलव ७८९५ प्रतिशतका दरले हुन आउने १ अर्ब २९ करोड बराबरको नगद लाभांश (लाभांश कर समेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

jutta mela

आ.वं २०७८/७९ को लागि एसएआर एशोसिएट्सलाई लेखापरीक्षकको रुपमा पुनःनियुक्त गर्दै संचालक समितिले गरेको स्वतन्त्र संचालक पारुल ढकालको नियुक्तिलाई अनुमोदन गरेको छ ।

अध्यक्ष गोविन्दलाल संघईले आ.व. २०७७/७८ को वार्षिक वित्तीय विवरण तथा संचालक समितिको प्रतिवेदन प्रस्तुत गर्दै विगत २२ वर्षमा जीवन बीमा क्षेत्रमा कम्पनीको व्यवसायिक हिस्सा र गरिमालाई तमाम चुनौतिहरुका बीच अझै नयाँ उचाइमा अगाडि बढाउनका लागि संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नविन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्वबीचको सन्तुलन, ग्राहक केन्द्रित योजना, विकेन्द्रिकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गरिरहेको र कम्पनीको समग्र विकासका लागि सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले आफु कम्पनीको व्यवसाय वृद्धिमा दत्तचित्तका साथ काम गरिरहेको र कम्पनीले नेपाल बीमा प्राधिकरणबाट जारी लगानी निर्देशिकाको परिधिभित्र रही दीगो एवं भरपर्दो लगानीका क्षेत्रहरुमा लगानी विस्तार तथा विविधीकरण गर्दै जाने नीति लिएको जानकारी गराए ।

नेपाल लाइफले २०७९ असोज मसान्तसम्ममा १४९.७६ अर्ब लगानी गरिसकेको छ भने जीवन बीमाकोषमा १ खर्ब ४२ अर्ब ९ करोड संचित भइसकेको जानकारी गराएको छ । साथै, कम्पनीमा २ लाख १२ हजार ३६२ भन्दा बढी प्रशिक्षित अभिकर्ता रहेको र कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर स्थापित १९७ कार्यालय सञ्जालहरूमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको जनाएको छ ।

You might also like

Comments are closed.