काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडको ११ औँ वार्षिक साधारण सभा काठमाडौंमा सकिएको छ ।
साधारण सभाबाट आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षकको वार्षिक प्रतिवेदन पारित, आ.व. २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति तथा नयाँ सञ्चालक समिति चयन गरिएको छ ।
सञ्चालक समितिमा संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक समिति सदस्यमा कृष्णराज लामिछाने र सुरेशकुमार अग्रवाल, अमितकुमार कयाल र प्रेमप्रसाद रेग्मी निर्विरोध चयन भएका छन् ।
साथै, साधारण सभा पश्चात् बसेको कम्पनीको सञ्चालक समितिको ११०औं बैठकले कृष्णराज लामिछानेलाई सर्वसम्मतिले सञ्चालक समिति अध्यक्ष नियुक्त गरेको छ ।
Comments are closed.