नेपाल लाइफको कल सेन्टर दसैंको विदाको समयमा पनि संचालनमा रहने

काठमाडौं ।   नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दसैंको विदाको समयमा पनि ग्राहकका जिज्ञासा तथा गुनासो सुनुवाईका निम्ति कल सेन्टर सुविधा सुचारु गर्ने भएको छ । ।

यस इन्स्योरेन्सले आफ्नो कल सेन्टर दसैंको विदाको अवधि (दसैंको टिकाको दिन बाहेक) बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म संचालन गर्नेछ ।

ग्राहकहरुले यस इन्स्योरेन्सको कल सेन्टरमा कल , इमेल, ह्वाट्सएप, भाइबर मार्फत आफ्नो गुनासो वा जिज्ञासा दर्ज गराउन सक्नेछन् । यसबाट ग्राहकहरु लाभन्वित हुने विश्वास इन्स्योरेन्सले लिएको छ ।

jutta mela

देशैभरि फैलिएर रहेका नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका १८९ शाखा तथा उपशाखाहरुबाट बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु सरल, सहज, तवरले प्रदान गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.