काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।
नेपाल लाइफ इन्स्योरेन्स सार्वजनिक गरेको चालु आर्थिक वर्ष ७९/८० को पहिलो त्रैमासिक वित्तिय विवरण अनुसार तीन महिनामामा १७ करोड ५७ लाख खुद मुनाफा कमाएको छ ।
जुन रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३९८.२२ प्रतिशले वृद्धि हो । कम्पनीले पहिलो त्रैमासमा १० अर्ब ५ करोड ३ लाख बीमाशुल्क आर्जन गरेको छ ।कम्पनीको जीवन बीमा कोषमा १ खर्ब ४२ अर्ब ८ करोड ६२ लाख रुपैयाँ रहेको छ ।
पहिलो तीन महिनामा कम्पनीको चुक्ता पूँजी १४ प्रतिशतले बढेको छ । कम्पनीको जगेडा कोषमा १ अर्ब ९९ करोड १८ लाख पुगेको छ ।
कम्पनीको प्रति शेयर आम्दानी ८ दशमलव ५६ रुपैयाँ रहको छ । त्यस्तै प्रति शेयर नेट्वर्थ १३४ रुपैयाँ ३९ पैसा छ ।पहिलो त्रैमासमा कम्पनीले ३ अर्ब ९६ करोड कुल दाबी भुक्तानी गरेको छ ।
Comments are closed.