काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले वि.सं.२०८२ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच क्यालेन्डर सार्वजनिक गरिएको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली, नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, प्रमुख—बिजनेस अपरेसन ओमप्रकाश पुडासैनी र प्रमुख वित्त अधिकृत प्रेमप्रसाद रेग्मीले संयुक्त रुपमा क्यालेन्डर अनावरण गरेका हुन् । बिदाको सूची, पर्व, दिवस, पञ्चांग तिथि, तारिख समावेश गरि क्यालेन्डर सार्वजनिक गरिएको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले ग्राहक, बीमा अभिकर्ताहरु, सञ्चालक, कर्मचारी, शेयरधनी, नेपाल बीमा प्राधिकरण, अन्य नियामक निकायका साथै सरोकारवालालाई नयाँ वर्ष २०८२ को शुभकामना दिएका छन् ।
Comments are closed.