नेपाल लाइफ इन्स्योरेन्सले गर्यो लर्निङ म्यानेजमेन्ट सिस्टमको अनावरण

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लर्निङ म्यानेजमेन्ट सिस्टम (नेपाल लाइफ पाठशाला) को काठमाडौँमा अनावरण गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले यस प्लयाटफर्ममा लग इन गरी लर्निङ म्यानेजमेन्ट सिस्टम (नेपाल लाइफ पाठशाला) को अनावरण गरेका छन् । कार्यक्रममा नेपाल लाइफका उच्च पदस्थ अधिकारी, पेशागत बीमा अभिकर्ता संघ नेपालका प्रतिनिधि तथा पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति नेपाल लाइफका प्रतिनिधि लगायत सहभागी थिए ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले नेपालको जनसङ्ख्यामा युवा जनशक्तिको हिस्सा दक्षिण एसियामा नै सबैभन्दा बढी भएको र यो ऊर्जावान शक्तिलाई उद्यमशीलतामा लगाउन सके देशको आर्थिक विकास सहजै हुने बताए ।

सोही अवसरमा यस कम्पनीले बीमाको नवीकरण शुल्क दाखिला तथा बिमा योजना अन्तर्गत लिएको कर्जाको भुक्तानी गर्नका निम्ति कम्पनीले सञ्चालनमा ल्याएको डाइनामिक क्यूआरको पनि प्रयोग गरी घरै बसीबसी सहजताका साथ भुक्तानी गर्न पनि सबैमा आग्रह गरेका छन् । कम्पनीका नायब महाप्रबन्धक उमापति पोखरेलले पहिला भौतिक उपस्थितिमा तालिमहरू प्रदान गर्दै आएकोमा यस प्लयाटफर्मले त्यो परिस्थितिको अन्त्य गरेको बताए ।

कार्यक्रममा तालिम विभागका प्रमुख रोजेश बस्नेतले यस प्लयाटफर्मको उपयोगिता र प्रयोग गर्ने तरिकाको बारेमा सहजिकरण गरेका हुन् । सूचना प्रविधि विभागका प्रमुख शरदचन्द्र प्याकुरेलले डाइनामिक क्युआरको प्रयोग कसरी गर्ने र त्यसको उपयोगिता माथि प्रकाश पारेका छन् ।

पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति नेपाल लाइफका सचिव तेजमणि शर्मा तिमल्सिनाले कम्पनीले सञ्चालनमा ल्याएको प्लयाटफर्मले तालिम प्रक्रियालाई सहज बनाउने बताए । पेशागत बीमा अभिकर्ता संघ नेपालका वरिष्ठ उपाध्यक्ष नारायण दाहालले प्रविधिमैत्री प्लयाटफर्मको अनावरण समारोहमा आफू सामेल हुन पाएकोमा खुशी व्यक्त गरे ।

कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले इनोभेशनलाई केन्द्रबिन्दुमा राखेर कम्पनीको प्रक्रियालाई सहज सरल चुस्त र दुरुस्त बनाउन कम्पनी सदैव तयार रहेको र सो पथमा लम्की पनि रहेको विचार अभिव्यक्त गरेका छन् ।

 

You might also like

Comments are closed.