नेपाल लाइफले १० अर्ब प्रथम बीमा शुल्क आर्जन गर्दै रेकर्ड कायम गर्न सफल

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले स्थापनाको २५औँ वर्षमा आइपुग्दै गर्दा रु १० अर्ब प्रथम बीमा शुल्क आर्जन गर्दै नेपालको जीवन बीमा उद्योगमा ऐतिहासिक रेकर्ड बनाउन सफल भएको छ ।

यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीलाई मार्ग निर्देशन प्रदान गर्ने सञ्चालक समिति, बीमित, बीमा अभिकर्ता, कम्पनीका कर्मचारी, शेयरधनी, नियामक निकाय तथा सरोकारवालालाई धन्यवाद दिएका छन् ।

नेपाल लाइफ प्रविधिमैत्री प्रणालीको अधिकतम प्रयोग गर्दै समयानुकुल बनाउन इनोभेटिभ प्रोडक्टहरु ल्याउने, लगानीको प्रतिफललाई उच्च बनाउन लगानी विविधिकरण, कर्मचारी तथा अभिकर्ताको ज्ञान, सीप र दक्षतालाई अभिवृद्धि गर्न विभिन्न तालिम सञ्चालन गर्ने पराजुली बताउँछन् ।

नेपाल लाइफले हासिल गरेको यो ऐतिहासिक उपलब्धिले बीमा बजारलाई दिशानिर्देश समेत प्रदान गरेको छ । आगामी दिनमा बीमा बजारको श्रीवृद्धिमा यसले अतुलनीय भूमिका निर्वाह गर्नेमा नेपाल लाइफ विश्वस्त छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.