नेपाल लाइफ इन्स्योरेन्सको सञ्चालक समिति सदस्यमा तीन जना नियुक्त

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समिति सदस्यमा तीन जना नियुक्त भएका छन् ।

कम्पनीको २५आंैं वार्षिक साधारण सभाले बिमलप्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जनलाई सञ्चालक समिति सदस्य पदमा नियुक्त गरेको हो ।

नवनियुक्त सदस्यहरुलाई कम्पनीका अध्यक्ष गोविन्दलाल संघईले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् । वीरगञ्जको होटल भिष्वामा कार्यक्रम सम्पन्न भएको हो ।

You might also like

Comments are closed.