नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पराजुली

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि.को प्रमुख कार्यकारी अधिकृतमा प्रवीणरमण पराजुली नियुक्त भएका छन् ।

कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको ३४१औं बैठकले पराजुलीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

पराजुलीलाई बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को निर्देशन नं. २८ बमोजिम नियुक्त गरिएको हो । पराजुली हाल कम्पनीको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए ।

jutta mela

You might also like

Comments are closed.