काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको २९औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।
सभाले बैंकको चुक्ता पुँजीमा १० दशमलव ५३ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय पारित गरेको हो। जसमा ३ प्रतिशत बोनश सेयर र ७।५३ नगद लाभांश वितरण गर्ने भएको छ।
सभाले बैंकको आव २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरणसमेत पारित गरेको छ। साधारण सभाले बैंकको सहायक कम्पनी नेपाल एसबिआई मर्चेन्ट बैकिङ लिमिटेडको आव २०७८/७९ को एकीकृत वित्तीय विवरणसमेत स्वीकृत गरेको छ।
सभाले उपयुक्त बैंक तथा वित्तीय संस्था मर्जर वा प्राप्ति गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजनसमेत गरेको छ।
Comments are closed.