पुँजी बजारको विकास र विस्तारबारे ध्यानाकर्षण

काठमाडौं । नेपालको पुँजी बजारको विकास र विस्तारका माग राखी नेपाल इन्भेष्टर्स फोरमले सरकारको ध्यानाकर्षण गराएको छ । शेयर बजार निरन्तर घट्न थालेपछि सोमबार विज्ञप्ति जारी गर्दै फोरमले बजारको विकास र विस्तार तथा विश्वसनीयता बढाउन सरकार समक्ष पाँच बुँदे माग राखेको छ ।

पूँजी बजारको विकासका लागि विगतमा लगानीकर्ताले उठाएका माग समयमै सम्बोधन हुन नसकेकाले बजारमा नकारात्मक असर परेको फोरमका अध्यक्ष तुलसीराम ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

“लगानीमैत्री नीति निर्माणमा जोड दिएर बजारप्रति जनताको आकर्षण बढाउन र लगानी सुरक्षाको प्रत्याभूति दिलाइ बजारको विश्वसनियता बढाउन नीतिगत सुधार आवश्यक छ”, विज्ञप्तिमा भनिएको छ ।

jutta mela

नेपाल राष्ट्र बैंकको मौद्रिक नीति, २०७८ र एकीकृत निर्देशिकामा राखिएको शेयर धितो कर्जामा रहेको सीमासम्बन्धी व्यवस्था खारेज गर्नुपर्ने, नयाँ ब्रोकर संख्या थप्नुपर्ने, बैंकका सहायक कम्पनीलाई ब्रोकर अनुमति दिनुपर्ने, ब्रोकर कमिशन घटाउनुपर्ने, बजारको नियामक निकाय धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जका प्रमुखको नियुक्ती यथाशक्य चाँडो गर्नुपर्नेलगायत माग फोरमले विज्ञप्तिमार्फत राखेको छ ।

You might also like

Comments are closed.