नेप्से परिसूचक ३२ अंकले उकालो लाग्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार भने ३२ अंकभन्दा बढीले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से ३२.२२ अंकले उकालो लागेर दुई हजार ५४६.०८ मा पुगेको छ ।

आइतबार नेप्सेमा उच्च अंकको गिरावट देखिएको थियो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ७.६३ अंकले उकालो लागेर ४८०.९७ मा पुगेको छ ।

कूल २ सय २७ कम्पनीको ९४ लाख ७१ हजार ३ सय ११ कित्ता शेयर चार अर्ब ५४ करोड २३ लाख ४५ हजार २ सय ७१ रुपैयाँमा खरिद बिक्री भए । नेप्सेमा देखिएको वृद्धिलाई कारोबार रकमले भने पछ्याएको देखिएन ।

jutta mela

कारोबार भएका १३ उपसमूहको शेयर नै उकालो लागेको छ । बैंकिङ १३, व्यापार ३.८८, होटेल तथा पर्यटन ४१.८, विकास बैंक १५७.१३, जलविद्युत् ८२.५३, वित्त ५७.८७, निर्जीवन बीमा २६.०९, उत्पादन ६२.२८, अन्य ३१.५२, लघुवित्त ६५.४१, जीवन बीमा १२३.२, सामूहिक लगानी कोष ०.०१ र लगानी ०.६८ अंकले बढेको छ ।

सोमबार कारोबारका आधारमा नबिल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको १७ करोड १५ लाख ९३ हजार १ सय २८ रुपैयाँ बराबरको कारोबार भयो । यस्तै, नेसनल हाइड्रोपावर १५ करोड ३२ लाख १५ हजार ३ सय ८५ रुपैयाँ, हिमालयन डिस्टिलरी १४ करोड ९७ लाख १२ हजार ४ सय ३५ रुपैयाँ, महालक्ष्मी विकास बैंक १४ करोड ४५ लाख चार हजार ६ सय २८ रुपैयाँ र नेपाल दूरसञ्चार कम्पनी १३ करोड ९२ लाख ६१ हजार १ सय ९३ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचमा पर्न सफल भए ।

नेप्सेका अनुसार आजको कारोबारमा मेरो माइक्रोफाइनान्सको शेयरमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । यस्तै, एक्सेल डेभलपमेन्ट बैंक ९.५५, साहस ऊर्जा ८.१७, माहुली सामुदायिक लघुवित्त ७.६९ र बोटलर्स नेपाल तराईका लगानीकर्ताले ७.३७ प्रतिशतले कमाए ।

त्यस्तै, जनउत्थान सामुदायिक लघुवित्त ६.८८, न्यादी हाइड्रोपावर ४.७१, युनिलिभर नेपाल २.६५, एनएमबी पचास १.९६ र सबैको लघुवित्तका लगानीकर्ताले १.८९ प्रतिशतले गुमाए । रासस

You might also like

Comments are closed.