नेप्सेको ओरालो यात्रा कायमै

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहिबार पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको अन्तिम दिन नेप्से परिसूचक ५.८४ अंकले ओरालो लागेर दुई हजार ४४९.९७ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४३ अंकले उकालो लागेर ४६५.२३ मा पुगेको छ ।

नेप्सेको ओरालो यात्रासँगै कारोबार रकमसमेत सुस्ताएको छ । कूल २ सय ३१ कम्पनीको ६२ लाख २३ हजार ७ सय २१ कित्ता शेयर दुई अर्ब ६७ करोड ३३ लाख आठ हजार ७ सय ९२ रुपैयाँमा खरिद बिक्री भए । बिहीबारको कारोबारपछि बजार पूँजीकरण ३४ खर्ब ४४ अर्ब २६ करोड ४२ लाख ८० हजार रुपैयाँको हाराहारीमा पुगेको छ ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर उकालो लागेको छ भने नौ उपसमूहको शेयर ओरालो लागेको छ । होटल तथा पर्यटन १८.७७, अन्य ४.१७, सामूहिक लगानी कोष ०.०१ र लगानी ०.१२ अंकले उकालो लागेको छ । यस्तै, बैंकिङ २.३५, व्यापार १९.३४, विकास बैंक २१.९२, जलविद्युत् १७.०१, वित्त १६.२८, निर्जीवन बीमा ६०.२७, उत्पादन २१.२९, लघुवित्त २५.१७ र जीवन बीमा ३४.४३ अंकले ओरालो लागेको छ ।

कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्षस्थानमा रहेको छ । सो कम्पनीको आठ करोड ८५ लाख ५२ हजार २ सय ५ रुपैयाँ बराबरको कारोबार भयो । यस्तै, अपि पावर कम्पनी आठ करोड ६२ लाख २१ हजार ९ सय ९ रुपैयाँ, नबिल बैंक आठ करोड १४ लाख चार हजार ३ सय ९१ रुपैयाँ, महालक्ष्मी विकास बैंक आठ करोड सात लाख २९ हजार रुपैयाँ र नेशनल हाइड्रोपावर सात करोड ३८ लाख दुई हजार ६७ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार सिनर्जी पावर ४.५५, लक्ष्मी इक्विटी फण्ड ४, सपोर्ट माइक्रोफाइनान्स ३.४४, सिंगटी हाइड्रोपावर ३.२४ र बोटलर्स नेपाल तराईका लगानीकर्ताले ३.१७ प्रतिशतले कमाए । यस्तै, सामुदायिक लघुवित्त ५.८२, श्री इन्भेस्टमेन्ट फाइनान्स ५.१४, एनआइसी एशिया लघुवित्त ४.११, घलेम्दी हाइड्रोपावर ४.०२ र सबैको लघुवित्तका लगानीकर्ताले ३.९३ प्रतिशतले गुमाए ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.