नेप्सेमा उच्च अंकको गिरावट

काठमाडौं । कारोबार हुने साताको अन्तिम दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहिबार पनि उच्च अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक साताको अन्तिम दिन ३७.८७ अंकले घटेर दुई हजार ३७६.७४मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.८३ अंकले ओरालो लागेर ४५३.५३ मा पुगेको छ ।

कूल २ सय २४ कम्पनीको ५३ लाख ७९ हजार ८ सय ६० कित्ता शेयर दुई अर्ब ३० करोड १७ लाख ५१ हजार ९ सय ६८ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये सामूहिक लगानी कोषको बाहेक अरु सबै उपसमूहको सेयर मूल्यमा गिरावट देखियो । सामूहिक लगानी कोष ०.०८ अंकले मात्रै उकालो लाग्यो ।

यस्तै बैंकिङ ५.६८, व्यापार ६४.६१, होटल तथा पर्यटन ४६.२१, विकास बैंक १५७.५, जलविद्युत् ८२.४१, वित्त ५६.२३, निर्जीवन बीमा २६४.६१, उत्पादन ८५.३६, अन्य ३९.६३, लघुवित्त ८१.०६, जीवन बीमा २६३.२१ र लगानी १.५३ अंकले ओरालो लागे ।

कारोबारका आधारमा प्रभु बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको नौ करोड ४३ लाख ८६ हजार ७ सय १७ बराबरको कारोबार भयो । नेपाल बङ्गलादेश बैंक सात करोड आठ लाख ४३ हजार ३ सय रुपैयाँ, समृद्धि फाइनान्स छ करोड ९५ लाख ७९ हजार रुपैयाँ, अपि पावर कम्पनी छ करोड ८७ लाख ३३ हजार ५ सय ६६ रुपैयाँ र नेशनल हाइड्रोपावर छ करोड ५४ लाख ८५ हजार ६ सय ५२ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र परेका छन् ।

नेप्सेका अनुसार नेपाल बङ्गलादेश बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । स्वाभिमान लघुवित्त ५.३५, माउण्टेन इनर्जी ४.०३, कर्पोरेट डेभलपमेन्ट बैंक ४.०१ र मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले चार प्रतिशतले कमाए ।

त्यस्तै, ग्रीन लाइफ हाइड्रो ७.५९, मैलुङ खोला जलविद्युत् कम्पनी ७.५१, हिमालयन पावर पार्टनर ७.०७, नेपाल हाइड्रो डेभलपर ६.३२ र दिव्यश्वरी हाइड्रो पावरका शेयरधनीले ६.११ प्रतिशतले गुमाए । बिहीबारको कारोबार पछि बजार पूँजीकरण ३३ खर्ब ४१ अर्ब ४४ करोड ९८ लाख ६४ हजार ४ सय ७२ रुपैयाँ बराबर पुगेको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.