नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार हुने साताको अन्तिम दिन बिहिबार कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेका छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२.५३ अङ्कले उकालो लागेर दुई हजार ५२०.२३ मा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१० अङ्कले बढेर ४७७.३६ मा पुगेको छ । कूल २ सय २९ कम्पनीको ८३ लाख २३ हजार ९ सय २३ कित्ता शेयर चार अर्ब ४९ करोड दुई लाख ६६ हजार ४ सय १० मूल्यमा खरिद बिक्री भए । बिहीबारको कारोबारपछि बजार पूँजीकरण ३५ खर्ब ४३ अर्ब ५० करोड ७८ लाख ९० हजार रुपैयाँ बराबर पुगेको छ ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्य ओरालो लाग्यो भने १० उपसमूहको शेयर भने उकालो लागेको छ । विकास बैंक ४९.१, जलविद्युत् १९.०९ र वित्त ४२.९८ अङ्कले घटे ।

jutta mela

यस्तै, बैंकिङ ३.९२, व्यापार ५.२२, होटल तथा पर्यटन १९.६१, निर्जीवन बीमा ३८१.९७, उत्पादन ६४.९६, अन्य १७.४१, लघुवित्त ४७.३, जीवन बीमा २०२.४८, सामूहिक लगानी कोष ०.०१ र लगानी ०.०६ अङ्कले उकालो लागेको छ ।

कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३६ करोड २४ लाख ८४ हजार ८ सय ३६ रुपैयाँ बराबरको कारोबार भयो । यस्तै, गुर्खाज फाइनान्स २० करोड ६८ लाख ४४ हजार १ सय ८६ रुपैयाँ, अरुण भ्याली हाइड्रोपावर १४ करोड १० लाख १७ हजार ८ सय २२ रुपैयाँ, जीवन विकास लघुवित्त १३ करोड ५५ लाख ३८ हजार १ सय ४२ रुपैयाँ र अपि पावर कम्पनी १२ करोड ८५ लाख ४५ हजार ७ सय ७१ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँच भित्र परेका छन् ।

नेप्सेका अनुसार शिखर इन्स्योरेन्स ९.९७, बरुण हाइड्रोपावर ९.३१, जीवन विकास लघुवित्त ९.०७, नारायणी डेभलपमेन्ट बैंक ८.८७ र नेको इन्स्योरेन्सका लगानीकर्ताले ८.०२ प्रतिशतले कमाए ।

त्यस्तै, गुर्खाज फाइनान्स ६.७४, सामलिङ पावर ४.८०, सिन्धु विकास बैंक ४.४७, लक्ष्मी उन्नती कोष ३.७८ र हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले सर्वाधिक ३.७२ प्रतिशतले गुमाए । रासस

You might also like

Comments are closed.