नेप्सेमा उच्च अंकको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार उच्च अंकले वृद्धि भएको छ । लामो बिदापछि आज खुलेको बजारमा नेप्से परिसूचक ६०.४१ अंकले बढेर दुई हजार ५८४.९१ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १०.७७ अङ्कले बढेर ४८२.०१ मा पुगेको छ । कारोबार भएका कूल २ सय ४० कम्पनीमध्ये आज १ सय ९२ कम्पनीको शेयर उकालो लाग्दा ३२ कम्पनीको शेयर ओरालो लाग्यो भने १२ कम्पनीको शेयर मूल्यस्थिर रह्यो । कूल ७१ लाख ६० हजार ९ सय ८३ कित्ता शेयर चार अर्ब १२ करोड ६९ रुपैयाँ लाख ८० हजार ६७ मूल्यमा कारोबार भयो । नेप्सेका अनुसार आज सामूहिक लगानी कोषबाहेक अरु सबै उपसमूहको शेयर उकालो लाग्यो ।

कारोबारका आधारमा आज हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४४ करोड ९४ लाख रुपैयाँ दुई हजार ५ सय ९१ बराबरको कारोबार भयो ।

नबिल बैंक २९ करोड ७० लाख ४९ हजार २ सय ९८ रुपैयाँ, शिवम् सिमेन्ट २३ करोड ४९ लाख ८१ हजार ६ सय ७८, नेपाल बङ्गलादेश बैंक १८ करोड ९२ लाख १५ हजार ८ सय २७ रुपैयाँ र अपि पावर कम्पनी १७ करोड ३७ लाख चार हजार ३ सय रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार हिमालयन डिस्टिलरी ९.९९, मध्यभोटेकोशी जलविद्युत् कम्पनी ९.९७, सूर्य लाइफ इन्स्योरेन्स ९.२९, कर्पोरेट डेभलपमेन्ट बैंक ७.७० र किसान लघुवित्तका लगानीकर्ताले ७.३८ प्रतिशतले कमाए । गुर्खाज फाइनान्स ५ सय १२, नबिल इक्विटी फण्ड ३.६८, मञ्जुश्री फाइनान्स ३.०९, नबिल डिवेञ्चर २.९१ र दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले २.१२ प्रतिशतले गुमाए । आइतबारको कारोबारपछि बजार पूँजीकरण ३६ खर्ब ५१ अर्ब ३४ करोड ८२ लाख २४ हजार ८ सय ४ रुपैयाँ बराबर पुगेको छ ।

You might also like

Comments are closed.