नेप्सेको उकालो यात्रा जारी, तीन कम्पनीको शेयरमा सर्किट

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक यस साता लगातार उकालो लागे । यसै क्रममा शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबारसमेत कारोबार मापक नेप्से परिसूचक ४३.२९ अङ्कले उकालो लागेर दुई हजार ६९२.४७ मा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.१६ अङ्कले बढेर ५०६.१६ मा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार भएकामध्ये १ सय ६४ कम्पनीको शेयर उकालो लागे भने २३ कम्पनीको शेयर मूल्यमा गिरावट देखियो । यस्तै तीन कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन । कारोबार भएका १३ उपसमूहमध्ये उत्पादन ५.९८ र व्यापार १९.३५ अङ्कले ओरालो लागे । यस्तै बैंकिङ ३५.०७, विकास बैंक ८८.४८, वित्त २७.४८, होटल तथा पर्यटन १०७.४७, जलविद्युत् ७२.२०, लगानी १.६१, लघुवित्त ५३.०८, सामूहिक लगानी कोष ०.१०, निर्जीवन बिमा २४३.९३, अन्य २०.४१ र जीवन बिमा ११४.५४ अङ्कले उकालो लागे ।

बाँकी ११ उपसमूहको शेयर मूल्य भने उकालो लागे । कारोबारका आधारमा अपिपावर कम्पनी शीर्षस्थानमा रह्यो । सो कम्पनीको १६ करोड ३७ लाख ६ हजार ६ सय ६८ रुपैयाँ बराबरको कारोबार भयो ।

jutta mela

यस्तै एनआइसी एशिया बैंक १४ करोड ५२ लाख १९ हजार १ सय ४८ रुपैयाँ, नेशनल माइक्रोफाइनान्स १० करोड ३६ हजार २ सय ५१ रुपैयाँ, गरिमा विकास बैंक नौ करोड ३३ लाख ५९ हजार ७ सय ८७ रुपैयाँ र हिमालयन डिस्टिलरी आठ करोड ७७ लाख ९४ हजार ५ सय २३ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र परे ।

नेप्सेका अनुसार नेपाल फाइनान्स, तेह्रथुम पावर र मध्यभोटेकोसीको शेयरमा सकारात्मक सर्किट लाग्यो । राष्ट्रिय बिमा कम्पनी ६.७४ र मैलुङखोला जलविद्युत् परियोजनाको शेयरमा ६.५८ प्रतिशतको वृद्धि भयो ।

यस्तै एनबिबीएल डिवेञ्चर ३.५३, विशाल बजार कम्पनी २.१५, हिमालयन बैंकको डिवेञ्चर १.९९, एसबिएल डिवेञ्चर १.९४ र माछापु्ुच्छ्रे बैंकको डिवेञ्चरका लगानीकर्ताले १.८३ प्रतिशतले गुमाए । बिहीबारको कारोबारपछि बजार पूँजीकरण ३८ खर्ब तीन अर्ब ३४ करोड ६२ लाख ६० हजार २ सय ५८ रुपैयाँ बराबर पुगेको छ ।

You might also like

Comments are closed.