नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहिबार दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको अन्तिम दिन नेप्सेमा १४.६० अंकले गिरावट आई दुई हजार ८७६.७४ मा ओर्लेको हो ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.२५ अङ्कले ओरालो लागेर ५३९.६५ मा सीमित भएको छ । नेप्सेमा गिरावट आए पनि कारोबार रकम भने बढेको छ । कूल २ सय २४ कम्पनीको एक करोड ५७ लाख ८० हजार ७ सय १३ कित्ता शेयर रु आठ अर्ब ६१ करोड २१ लख ७४ हजार १ सय ६२ मा खरिद बिक्री भए । कारोबार भएका विभिन्न १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्य उकालो लागेको छ । एघार उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ ।

जलविद्युत् ६.१६ र निर्जीवन बीमा १२.१७ अङ्कले उकालो लागेको छ । बैंकिङ ६.१८, व्यापार २२.८७, होटल तथा पर्यटन ३८.६४, विकास बैंक ५४.२९, वित्त ३३.७१, उत्पादन ७९.४१, अन्य ९.३, लघुवित्त ५४.३३, जीवन बीमा १७२.७४, सामूहिक लगानी कोष ०.१ र लगानी ०.५७ अंकले ओरालो लागेको छ ।

बिहिबारको कारोबारपछि बजार पूँजीकरण ४० खर्ब ६५ अर्ब ३७ करोड २६ लाख २७ हजार २ सय २३ रुपैयाँ बराबर पुगेको छ । कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको ८२ करोड ७० लाख ३५ हजार ३ सय ३६ रुपैयाँ बराबरको कारोबार भयो । अपि पावर कम्पनी ५२ करोड ५० लाख १८ हजार ७ सय २२, शिखर इन्स्योरेन्स २६ करोड ८० लाख ६८ हजार ४४, नेशनल हाइड्रोपावर २४ करोड ८१ लख ७८ हजार २ सय ५९ र एचआइडिसिएल २४ करोड ३७ लाख ३५ हजार १ सय ३६ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

नेप्सेका अनुसार विन नेपाल लघुवित्त १०, बुद्धभूमि नेपाल हाइड्रोपावर ९.७३, साहस ऊर्जा ६.०६, अरुण भ्याली हाइड्रोपावर ५.३३ र मैलुङ खोला जलविद्युत् परियोजनाका लगानीकर्ताले ४.२५ प्रतिशतले कमाए । आरएमडिसी लघुवित्त ३.४९, पोखरा फाइनानस ३.०७, गुर्खाज फाइनान्स २.९९, एनएमबी हाइब्रिड फण्ड २.७८ र लुम्बिनी जनरल इन्स्योरेन्सका लगानीकर्ताले २.७५ प्रतिशतले गुमाए ।

lcci
You might also like

Comments are closed.