नेप्से दोहोरो अंकले घट्यो, १ अर्ब २९ करोडको कारोबार

 

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक १५.८२ अंकले घट्दै २२ सय २३.७८ अंकमा झरेको हो ।

आज कुल २२३ कम्पनीको २१ हजार ९०४ कारोबारबाट ४१ लाख ४० हजार ६६५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २९ करोड ८९ लाख ५ हजार ५९० रुपैयाँको कारोबार भएको छ । आज होटल र पर्यटनबाहेक अन्य उपसमूह भने घटेको छ ।

jutta mela

आज सबैभन्दा धेरै प्रभु बैंकको १७ करोड ६० लाख रुपैयाँको सेयर किनबेच भएको छ भने रुरु जलविद्युतको सेयर मूल्य ६.१३ प्रतिशतले बढेर ९ सय रुपैयाँ पुगेको छ । नारायणी विकास बैंक, उपकार लघुवित्त वित्तीय संस्था, यूनाइटेड आईडीआई मार्दी आरबी हाइड्रोसहितका कम्पनीको सेयर मूल्य समेत बढेको छ ।

आज दिन दिव्यश्वरी हाइड्रोको मूल्य सबैभन्दा धेरै ३.७५ प्रतिशतले घटेर २३१ रुपैयाँमा झरेको छ । हिमाल दोलखा हाइड्रो, कर्णाली विकास बैंक माथिल्लो तामाकोशीसहितका कम्पनीको मूल्य सबैभन्दा धेरै घटेको छ ।

You might also like

Comments are closed.