रोकिएन सेयर बजारको ओरालो यात्रा

नेप्से ४५.२५ अंकले घट्दा एक अर्ब ४९ करोडको कारोबार

काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) को ओरालो लाग्ने क्रम जारी छ । मंगलबार एक दिन मात्रै बढेको सेयर बजार त्यसपछिका कारोबार दिन लगातार ओरालो लाग्दै आएको छ ।

साताको पाँचौँ कारोबार दिन आज सेयर बजार ४५ दशमलव २५ अंकले घटेर एक हजार आठ सय ४८ दशमलव २८ विन्दुमा झरेको छ । आज दुई सय ३७ वटा कम्पनीको ५० लाख आठ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ४९ करोड ९७ लाख रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै कुमारी बैंकको नौ करोड ५३ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

१३ वटै सूचक घट्दा सबैभन्दा धेरै हाइड्रोपावर समूहका लगानीकर्ताले गुमाएका छन् । आज हाइड्रोपावर समूहको सेयर मूल्य ४.११ प्रतिशतले घटेको छ ।विकास बैंक समूहको ३.७९, लगानी समूहको ३.५२, फाइनान्स समूहको ३.४८ प्रतिशतले घटेको छ । आज १५ कम्पनीको मात्र सेयर मूल्य बढेको छ ।

सर्वाधिक कारोबार गर्ने अन्य कम्पनीहरुमा लक्ष्मी बैंक, नबिल बैंक, हिमालयन डिस्टिलरी, एनआईसी एशिया बैंक, अरुण भ्याली हाइड्रोपावर, शिवम सिमेन्ट, एनसीसी बैंक, अरुण कावेली पावर, नेपाल लाइफा इन्स्योरेन्स कम्पनीलगायतले सर्वाधिक कारोबार गरेको छ ।

आज बजारमा भारी गिरावट आउँदा पनि आँखुखोला लघुवित्त र सिवाईसी लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

You might also like

Comments are closed.